सरकारले राहत वितरणमा विभेद गरेको गुनासो | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

सरकारले राहत वितरणमा विभेद गरेको गुनासो

rahat parsa

अनुप तिवारी

पर्सा, ६ साउन । तराई–मधेस आन्दोलनका घाइतेहरुले प्रदेश दुईको सरकारले राहत रकम वितरणमा विभेद गरेको गुनासो गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतले विभेद गरेर रकम वितरण गरेको उनीहरुले आरोप लगाएका छन् ।

यहि साउन १ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तराई–मधेस आन्दोलनका क्रममा घाइते भएका पर्साका २ जनालाई घरमै पुगेर तीन तीन लाख राहत रकम वितरण गर्नुभएको थियो । सो लगत्तै अन्य घाइतेहरुले प्रदेश सरकारले विभेद गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । मधेश आन्दोलनका घाईते पर्साको मनियारी निवासी उपेन्द्र यादव र नगीना पासवानले पत्रकार सम्मेलन गरेर आफुहरुलाई प्रदेश सरकारले विभेद गरेको आरोप लगाएका हुन् ।

प्रदेश सरकारको विभेदले आफुहरु बिच्चलीमा परको उनीहरुले गुनासो गरेका छन् । मधेस आन्दोलनका क्रममा २०७२ भदौ १५ गते वीरगन्जको राधेमाईमा उपेन्द्र यादवको खुट्टामा गोलि लागेको थियो । उपचारमा अहिलेसम्म १५ लाख खर्च भएपनि कतैबाट सहयोग नपाएको उनको गुनासो छ ।

त्यस्तै २०६३ सालमा भएको आन्दोलनका क्रममा नगिना पासवानको टाउकोमा गोली लागेको थियो । खर्चको अभावमा अझै पनि उनको राम्रोसँग उपचार हुन सकेको छैन । आन्दोलनका क्रममा मुल्य तोकेका नेताले अहिले आफुहरुको स्वास्थ अवस्था जटिल हुँदा पनि चासो नदिएको घाइतेहरुले गुनासो गरेका छन् ।