काठमाडौं, ५ साउन । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं पठाउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको छ। सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो।
प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाई फायर गर्दा गोली लागि घाइते भएका प्रहरी जवान कमल आचार्यलाई जुम्लाका डिएसपी डा. तपनकुमार दाहालले मृत्यु भएको घोषणा गरिदिए। सञ्चारमाध्यममा ती प्रहरी जवानको गोली लागी मृत्यु भएको समाचार आएपछि प्रहरी प्रधान कार्यालयले उनको मृत्यु नभई सिसा र फलामको किला लागेर गम्भीर घाइते भएको विज्ञप्ति जारी गर्यो ।
प्रतिष्ठानभित्रको भिडलाई नियन्त्रणमा लिनेक्रममा जुम्ला प्रहरीले हवाई फायर गरेको थियो। त्यसक्रममा सिसाको गोली प्रहरी जवान आचार्यलाई नै लागेको हो। तर, नेपाल प्रहरीले भने विज्ञप्ति निकालेर आचार्यलाई गोली नभई सिसा र काँटीले प्रहार गरिएको जनायो। जुम्ला प्रहरी प्रमुख डिएसपी दाहालले भने उनको घटनास्थलमै मृत्यु भएको माइकबाटै भनिदिए।
प्रहरी जवान आचार्य गम्भीर घाइते भएको अवस्थामा जुम्लाका प्रहरी प्रमुख डिएसपी दाहाललाई उद्धृत गर्दै समाचार माध्यमहरुमा उनको निधन भएको समाचार आएको थियो। त्यसको केही समयपछि प्रहरी प्रधान कार्यालयबाटै त्यसको खण्डन आयो। प्रधान कार्यालयले आचार्यको मृत्यु नभएको त जनायो तर सँगसगै उनलाई गोली लागेको नभई सिसाको टुक्रा लागेर घाइत भएको भन्दै अर्को झूट पनि प्रचार ग-यो । अहिले आचार्यको काठमाडौंमा उपचार भइरहेको छ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।