बालबालिका भोकभोकै विद्यालय ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

बालबालिका भोकभोकै विद्यालय !

school student

हेटौंडा , ४ साउन । हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् ।

बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् । घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोकभोकै स्कुल आउने गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);