के अब प्रधानमन्त्रीले नागरिकलाई प्रंश्न सोध्ने हो त ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

के अब प्रधानमन्त्रीले नागरिकलाई प्रंश्न सोध्ने हो त ?

oli pm

काठमाडौं, ३ साउन । सडकविस्तार सुरु भएदेखि काठमाडौंका सडक व्यवस्थित बन्न सकेका छैनन् । पछिल्लो वर्षायाममा त सडकको अवस्था झन दयनीय बनेको छ । यही कारण समाजिक संजालदेखि संसदसम्म सरकारको ध्यानाकर्षण भइरहेको छ ।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डी मैले पारिदिएको हो’ भन्दै अभिव्यक्ति दिएपछि प्रधानन्त्री पद र अभिव्यक्तिको तुलना हुनथालेको छ । विश्लेषकहरु भन्छन् –प्रधानमन्त्री जिम्मेवार अभिव्यक्ति दिइरहेका छैनन् ।

काठाडमौंका सडकका खाल्डाखुल्डीका कारण समस्या भयो समस्या समाधान कहिले हुन्छ भन्दै नागरिकले गरेको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मैले खाल्डाखुल्डी पारिदिएको हो’ भन्दै प्रतिप्रश्न गरेका छन् ।

सरकारका विषयमा आलोचना भयो भनेर त्यसको बचाउमा लाग्न कार्यकर्तालाई निर्देशनकालागि पार्टी कार्यालय धुम्बाराहिमा राखेको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरेका हुन् । उनले यस्ता विषयमा समेत सरकारको बचाउ र अलोचनाको प्रतिवाद गर्न नेकपाका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सरकारले गरेका काममा विपक्षीले मात्र नभएर समाजिक संजालमार्फत नागरिकले समेत प्रंश्न गरिरहेका छन् । आफ्नो सरकारलाई अहिलेसम्मकै उत्कृष्ट दावी गरिरहेका प्रधानमन्त्रीका अभिव्यक्तिलाई विश्लेषकहरुले भने गैरजिम्मेवार भन्दै टिप्पणी गरेका छन् । विश्लेषक केशव दाहालले त प्रधानमन्त्रीले अभिव्यक्तिमा पदको गरिमा समेत राख्न नसकेको भन्दै सरकारको आलोचना गर्ने विपक्षी, नागरिकसमाज र कार्यकर्तासम्मलाई आक्रोस पोख्नुले प्रधानमन्त्री हतास मनस्थितिमा देखिएको बताएका छन् ।

कतिपय विश्लेषकहरु वर्तमान सरकारसँग कामगर्ने शैली समेत नदेखिएको भन्दै प्रधानमन्त्री दुइतिहाई बहुमतको दम्भबाट बाहिर निस्कन नसकेको टिप्पणी गर्छन् । उनीहरु दुइतिहाई हुँदैमा बलियो सरकार नहुने भन्दै बलियो सरकार उसका कामबाट देखिने बताउँछन् । अहिलेको सरकार परिवर्तनपछि नयाँ सुरुवात गर्ने सरकार हुनुपर्नेमा आगो लागेपछि निभाउन जाने दमकले सरकारका रुपमा सिमित भएको उनीहरुको टिप्पणी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, महंगि बढ्यो भन्दा मेरो पालामा पचास पैसा मनो घिउ थियो भन्दै संसदमा जवाफ दिइरहेका छन् भने सडकमा खाल्डा पर्दा मैले बनाइदिएको हो भन्दै प्रतिप्रंश्न गरिरहेका छन् । प्रधानमन्त्री र सरकारसँग नागरिकले महंगि बढ्दा, सडकमा समस्या पर्दा गुनासो पनि गर्न नपाउने हो भने सरकारको दायित्व चै के हो भन्ने प्रश्न उब्जाएको छ । यसले अर्को गम्भीर प्रश्न के पनि उठाएको छ भने –के अव प्रश्न नागरिकले प्रधानमन्त्रीलाई नभएर प्रधानमन्त्रीले नागरिकलाई सोध्ने हो त ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);