'प्रविधिमा पहुँच बढाएर मुलुकलाई समृद्ध बनाइने' | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

‘प्रविधिमा पहुँच बढाएर मुलुकलाई समृद्ध बनाइने’

yubraj khatibada

काठमाडौं, २ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा पहुँच बढाएर मुलुकलाई समृद्ध बनाउन जोड दिइएको स्पष्ट पारेका छन् ।

अर्थमन्त्री खतिवडाले मुलुकको उत्पादकत्व बढाउनका लागि सबै नागरिकलाई सिपयुक्त ज्ञान र प्रविधिमा पहँुच बढाउने विषयलाई सरकारले बजेटमार्फत् जोड दिएको बताए ।

बुधबार प्रवासी नेपाली मञ्च, अमेरिकाले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समावेशी समृद्धिका लागि सम्भावना र चुनौति’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले प्रविधिमा सबै नागरिकको पहुँच वृद्धि गरेर मात्रै मुलुकलाई विकाशशील राष्ट्रको सूचिमा पु¥याउन ढिलाई नहुने धारणा राखे ।

अर्थमन्त्री खतिवडाले सरकारले मुलुकको समृद्धिका लागि स्वस्थ र शिक्षित नागरिकको परिकल्पना गरेकाले बजेट तथा नीति र कार्यक्रममा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई पनि उच्च प्राथमिकता दिएको बताए ।

कार्यक्रममा बोल्दै अमेरिकास्थित युनिर्भसिटी अफ मिनासोटाका सह–प्राध्यापक डा. सतिश देवकोटाले नेपालको समृद्धिका लागि तत्काल भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले सुशासनको मात्रा बढाउन सके नेपालको समृद्धिका लागि आवश्यक लगानी आफैं भित्र्ने बताए ।

सह–प्राध्यापक देवकोटाले नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशत पु-याउन तत्कालका लागि करिव २२ प्रतिशत पूँजी अभाव हुने प्रक्षेपण गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);