काठमाडौँ, २९ असार । लामो समयदेखि आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीले अनशन तोडेकी छन् । तत्कालिन माओवादी जनयुद्धको समयमा उनको छोराको हत्या भएको थियो ।
उनी छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै लामो समयदेखि वीर अस्पतालमा अनशनमा थिइन् । उनले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको हातबाट जुस खाएर अनसन तोडेकी छन् ।
छोराको हत्यामा संलग्न छविलाल पौडेल पक्राउ परेपछि उनले अनशन तोडेकी हुन् । उनका पति नन्दप्रसादको अनसनकै क्रममा मृत्यु भइसकेको छ ।