निक्षेपको ब्याजदर बढाइरहेका बेला केन्द्रीय बैंकले अधिक तरलता रहेको भन्दै बजारबाट अर्बाै रुपैयाँ उठायो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

निक्षेपको ब्याजदर बढाइरहेका बेला केन्द्रीय बैंकले अधिक तरलता रहेको भन्दै बजारबाट अर्बाै रुपैयाँ उठायो

money

काठमाडौं, ८ असार । वाणिज्य बैंकहरुले लगानी गर्न पुँजी नभएको भन्दै निक्षेपको ब्याजदर बढाइरहेका बेला केन्द्रीय बैंकले अधिक तरलता रहेको भन्दै बजारबाट अर्बाै रुपैयाँ उठाएको छ ।

बुधबार र बिहीबार दुई दिन नेपाल राष्ट्र बैंकले दुई साताको निक्षेप संकलन उपकरणमार्फत विभिन्न ८ बैंकबाट ७ अर्ब ३० करोड रुपैयाँ उठाएको हो । मंगलबार ७ अर्ब १० करोड र बुधबार २० करोड रुपैयाँ उठाएको हो । राष्ट्र बैंकले बैंकलाई ३ प्रतिशत ब्याज दिन्छ । बुधबार र बिहीबार दुई साताको निक्षेप संकलन उपकरण मार्फत १८ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भएको तरलता प्रशोचनको तयारी गरेको थियो । अन्त्यमा ७ अर्ब ३० करोड रुपैयाँमा मात्र उठेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैैंक ब्याजदर घटेर ३ प्रतिशत कम रहेको राष्ट्र बैंकले जनाएको छ ।

तरलता बढी भएपछि अन्तर बैंक ब्याजदर घट्ने राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकले तरलता प्रशोचन गरेपनि बिहीबार मात्रै बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको जानकारी दिएको छ । ब्याजदर करिडोर अन्र्तगत केन्द्रीय अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशत भन्दा कम भए बैंकबाट पैसा तान्ने गरिन्छ । राष्ट्र बैंकले बिहिबार फेरी निक्षेप संकलन उपकरणमार्फत थप ३ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

केन्द्रीय बैंकले असार २१ गते फिर्ता हुने गरी थप रकम उठाउन लागेको हो । यो समेत गरी ३ दिनमा केन्द्रीय बैंकले ३ पटक गरी २१ अर्ब रुपैयाँ तरलता प्रशोचनको प्रयास गरेको छ । राष्ट्र बैंकले अधिक तरलता हुदा अन्तर बैंक ब्याजदर घटेको भन्दै बजारमा पैसा तान्ने तयारी गर्दा बैंकहरु संस्थागत निक्षेपकर्ताबाट महंगो ब्याजमा निक्षेप उठाइ रहेका छन् । पछिल्लो समयमा केही बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याईसकेका  छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);