काठमाडौं, ३१ जेठ । बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव श्रृजना गरी अत्याधिक मूल्य बृद्धि हुँदासमेत सरकार मुकदर्शक बनेको भन्दै सांसदहरुले नियन्त्रण गर्न ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले बजारमा कृतिम अभाव श्रृजना गरी दैनिक उपभोग्य बस्तुको अत्याधिक मूल्य बृद्धि हुँदा सर्वसाधारणको दैनिकी असहज भएको भन्दै प्रभावकारी अनुगमन गरी मूल्यबृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद अमनलाल मोदीले खाद्य वस्तुमा अस्वभाविक मूल्यबृद्धि कम गर्न अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । सांसद अमरेशकुमार सिंहले मूल्यबृद्धि नियन्त्रण गर्न सरकार गम्भिर नदेखिएको अरोप लगाए ।
सांसद खगराज अधिकारीले बजारमा कृतिम अभाव श्रृजना भएको र सिण्डिकेट कायम रहेको भन्दै तत्काल बजार अनुगमन गर्न सरकारसँग माग गरे ।
सांसद गणेशसिंह ठगुन्नाले २०७० सालमा महाकाली नदिमा आएको बाढीले क्षति पुर्याएको दार्चुला जिल्ला अस्पताल अहिलेसम्म निर्माण नभएको भन्दै तत्काल निर्माण प्रक्रिया अघि बढाउन माग गरे ।