काठमाडौं, ३० जेठ । ३८ क्वीन्टल सुन प्रकरणमा मुछिएको बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा शाखामा सिलबन्दी गरिएको छ । छानबिन समितिले अदालतबाट आदेश लिएर चेतनाथ भण्डारीद्वारा सञ्चालित बाजेको सेकुवाका ६ वटा शाखामा ताला लगाएको हो ।
काठमाडौँ उपत्यकामा बाजेको सेकुवाका १० वटा शाखा रहेको बताइएको छ । अन्य शाखाबारे थप छानबिन गरी निर्णय लिइने समितिका संयोजक इश्वरराज पौडेलले बताए ।
छानबिनका क्रममा रेस्टुरेन्टका सञ्चालक भण्डारीले सुन तस्करीका नाइके मानिएका चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर तस्करीमा लगानी गरेको खुलेको थियो । फरार भण्डारीको बैंक खाता तथा घरजग्गा यसअघि नै रोक्का भइसकेको छ ।