रक्सौल–काठमाडौंँ रेलमार्ग प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

रक्सौल–काठमाडौंँ रेलमार्ग प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु

Ktm MOnorail

काठमाडौं, २६ जेठ । काठमाडौँलाई भारतको सीमावर्ती सहर रक्सौलसँग जोड्ने गरी प्रस्ताव गरिएको रक्सौल–काठमाडौंँ  रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु भएको छ । नेपालका रेल विभाग र भारतीय रेल्वेका कन्सलटेन्ट तथा इन्जिनियरहरूले शुक्रबारदेखि प्रस्तावित रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका हुन् ।

रेल विभागका प्रवक्ता इन्जिनियर प्रकाशभक्त उपाध्यायले नेपाल र भारतका इन्जिनियरहरूको संयुक्त टोलीले शुक्रबारदेखि रक्सौल–काठमाडौंँ  रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिए ।

उक्त प्रस्तावित रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारतीय रेल्वेका इन्जिनियरहरूको सात सदस्यीय टोली नेपाल आएको जानकारी दिंदै उहाँले सम्भाव्यता अध्ययनको समयसीमा नतोकिए पनि अबको छ महिनाभित्र सम्भाव्यता अध्ययन सकिने लक्ष्य लिएको बताए ।

सम्भाव्यता अध्ययनको यो कार्य प्रारम्भसँगै रेलवे विभागले कम्पनी छनौट कार्य रद्द गरेको छ । यसअघि रेल्वे विभागले सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौट प्रक्रिया सुरु गरी अन्तिम चरणमा पुर्‍याएको थियो । भारत सरकारको सम्पूर्ण खर्चमा सम्भाव्यता अध्ययन हुने भनिएको छ ।

यस वर्षको चैतमा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा यो विद्युतीय रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच सहमति भएको थियो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्ताका क्रममा उक्त सहमति भएको भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको थियो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);