नारायणघाट-मुग्लिन सडकमा अब सररर गाडी गुड्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

नारायणघाट-मुग्लिन सडकमा अब सररर गाडी गुड्ने

sadak

नारायणघाट–मुग्लिन सडक खण्ड निर्माण सकियो

चितवन, २३ जेठ । नारायणघाट–मुग्लिन सडक खण्ड स्तरोन्नतिको काम सम्पन्न भएको छ । सडक विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३४ किलो मिटर लम्बाई रहेको सो सडक खण्डको स्तरोन्नतिको काम सम्पन्न भएको औपचारिक जानकारी गराएको हो ।

अव उक्त सडक खण्ड बुधबारबाट २४ सै घण्टा संचालनमा आएको पनि विभागमा प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । यस अघि सडकको स्तरोन्ततिका लागि दिउँसो १० बजेबाट अपरान्ह ४ बजेसम्म सो सडक खण्डमा सवारी साधन चलाउन रोक लगाइएको थियो ।

प्रवक्ता गौतमले प्रतिकूल परिस्थितिका बाबजुत पनि नेपाल सरकारको विशेष निर्देशनमा सो सडकमा स्तरोन्नतिको काम सम्पन्न गरिएको बताए ।

२०७१ साल चैत्र महिनामा ठेक्का सम्झौता गरिएको सो सडक खण्डको स्तरोन्नतिका काममा ढिलाई भएकोमा सर्वत्र आलोचना हुँदै आएको थियो । प्रवक्ता गौतमले सडक निर्माणको काममा ढिलाई गर्ने ठेकेदारलाई कानुन बमोजिम कार्वाही गर्ने चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);