नेपालले पायो आइसीसीको एक दिवसीय बरियता ! | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

नेपालले पायो आइसीसीको एक दिवसीय बरियता !

Nepal-cricket

एजेन्सी, १८ जेठ । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी)ले नेपालसहित चार राष्ट्रलाई एक दिवसीय बरियतामा राखेको छ । आईसीसीले आज विज्ञप्ति जारी गरी नेपालसहित स्कटल्याण्ड, युएई र नेदरल्याण्ड्सलाई एक दिवसीय बरियतामा राखेको हो ।

क्रिकेटमा उदयीमान राष्ट्रका रुपमा चिनिएका देशमध्ये स्कटल्याण्ड र युएईले यसअघि नै आइसीसीको बरियता पाइसकेका थिए । त्यस्तै, नेपाल र नेदरल्याण्ड्सलाई भने शुक्रबार बरियतामा राखिएको आइसीसीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

शुक्रबार सार्वजनिक भएको बरियतामा नेपाल अंकबिहीन छ भने नेदल्याण्डले १३ अंक पाएको छ । यता, स्कटल्याण्ड २८ अंकसहित १३ औं स्थानमा रहेको छ भने १८ अंकसहित युएई १४औं स्थानमा रहेको छ । नेपाल र नेदरल्याण्ड्सले आईसीसीको पूरै बरियतामा आउनका लागि अनिवार्य चार खेल खेल्नुपर्ने हुन्छ । उक्त खेलपछि मात्र नेपाल र नेदरल्याण्ड्सको अंकमा घटबढ हुनसक्ने आइसीसी जनाएको छ ।

बरियतामा इंग्ल्याण्ड एक दिवसीयमा शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा भारत रहेको छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा न्यूजील्याण्ड चौथो र विश्व विजेता अष्ट्रेलिया पाँचौं स्थानमा छन् ।

नेपालले गत मार्चमा भएको विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);