काठमाडौं, १६ जेठ । सरकारले प्रभावहीन कूटनीतिक नियोगहरु बन्द गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा मंगलबार बजेट प्रस्तुत गर्दै नियोगहरुको प्रभाव अध्ययन गरी अनावश्यक नियोग खारेज गर्ने घोषणा गरेका हुन् ।
परराष्ट्रका केही कर्मचारी र दलका कार्यकर्ता व्यवस्थापनका लागि विनाअध्ययन स्थापना गरिएका दूतावासहरु बन्द गर्ने नीति सरकारले लिएको हो । समाचारमा लेखिएको छ, केही दूतावास एक मुलुकबाट अर्कोमा सार्ने तयारी पनि सरकारको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।