नेपालगन्ज, ५ जेठ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले जीर्ण भएका सडकको स्तरोन्नति गर्न सुरु गरेको छ । न्यूरोड सडक निर्माण भएको २० बर्षमा स्तरोन्ननि नहुँदा अस्तव्यस्त भएको छ ।
सडकमा खाल्डा खुल्डी हुँदा स्थानीयलाई आवात जावतमा समस्या भएको छ । स्थानीयलाई सास्ती भएपछि उपमहानगरपालिकाले सडक स्तरोन्नति गर्न लागेको हो ।
सडककोबीचमा खाल्डा हुँदा सवारी दुर्घटना धेरै हुने गरेको छ । सडक अस्तव्यस्त हुँदा व्यवसायी पनि मारमा परेका छन् । सडक विभागले न्यूरोड सडक बनाउने ठेक्का कालिका कन्ट्रक्सनलाई दिएको छ ।