नक्खु जेलका जरा खोतल्दै प्रहरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नक्खु जेलका जरा खोतल्दै प्रहरी

police

काठमाडौं, ५ जेठ । नक्खु जेलमा रहेका कैदी भक्तबहादुर सुनुवारको मृत्यु रहस्यमय बन्दै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले पोस्टमार्टमबाट मृत्युको कारण पत्ता लाग्न नसकेको रिपोर्ट दिएपछि सुनुवारको मृत्यु रहस्यमय बनेको हो ।

सुनुवारको मृत्यु र जेलभित्रको बेथिति पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको समितिले अनुसन्धानको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाउने तयारी गरिरहेको छ ।

शंकास्पद मृत्यु र जेलभित्रको बेथितिबारे समाचार प्रकाशित भएलगत्तै बनेको समितिले अनुसन्धान क्रममा ३५ जनाभन्दा बढीसँग बयान लिएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन कमिटीमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला, महानगरीय अपराध महाशाखाका डीएसपी सोमेन्द्रसिंह राठौर, गृहका शाखा अधिकृत घनश्याम घिमिरे र कृष्णप्रसाद सापकोटा छन् । प्रहरी परिसर ललितपुरले पनि अलग्गै समिति बनाएर अनुसन्धान गरिरहेको छ ।

सुनुवारको मृत्यु कारागारभित्र कुटपिटपछि भएको दाबी गर्दै परिवारजनले उनको साथबाट भेटिएको तीन पृष्ठ लामो हस्तलिखित पत्रसमेत गृहमन्त्री रामबहादुर थापालाई बुझाएका थिए । त्यसलगत्तै थापाले छानबिन गर्न निर्देशन दिएका थिए । जबर्जस्ती करणी र व्यक्ति हत्या मुद्दामा कैद सजाय भोगिरहेका सुनुवार जेलभित्र एक्कासि बिरामी भएपछि वीर अस्पताल लगिएको थियो । वीरमा उपचार हुन नसकेपछि पाटन लगिएका उनको उपचार क्रममा २१ गते बिहान मृत्यु भएको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);