काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी काठमाडौंका सडक धमाधम कालोपत्रे भइरहेका छन् ।
मोदीको सवारी हुने सडकमा रातारात कालोपत्रे गर्ने र धुलो पखाल्ने काम भइरहँदा सरकारले भत्किएको वर्षौं भइसक्दा पनि कतिपय सडक बनाउनतर्फ ध्यान नै दिएको छैन । भत्किएको सडकका कारण धुलोबाट आजित उपत्यकाबासीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।