काठमाडौं, २४ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरबाट हुने औपचारिक भ्रमणलाई असहज रुपमा लिने बताएका छन् ।
नेता साउदले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण काठमाडौंबाट सुरु भएको भए उपयुक्त हुने बताएका छन् । उनले मोदीको नेपाल भ्रमणलाई आफ्नो पार्टीले स्वागत गरेको स्पष्ट पारे ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता साउदले सरकारले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण काठमाडौंबाट सुरु गराएको भए राम्रो हुने प्रतिक्रिया दिए । नेता साउदले पर्याप्त गृहकार्य गरेर भातीय प्रधानमन्त्री मोदीसँग द्धिपक्षीय वार्तामा बस्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए ।
काँग्रेस नेता साउदले नेपाल–भारतबीचको सम्बन्ध विस्तारमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल हुने विश्वास व्यक्त गरे । भारतीय प्रधानमन्त्री मोदी आगामी शुक्रबार २८ गते नेपालको राजकीय भ्रमणमा आउँदै छन् ।