काठमाडौं, १६ बैशाख । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा आधुनिक मेसिन सहित फिजियो थेरापी सेवा सुरु भएको छ ।
अस्पतालले आधुनिक मेसिन सहित फिजियो थेरापी सेवा सुरु भएपछि डडेल्धुरा सहित ७ नम्बर प्रदेशका बिरामीलाई थेरापी गर्न सहज भएको छ । डडेल्धुरा सहित डोटी, बैैतडी, दार्चुला, बझाङ्बाट दैनिक १० देखी २० जना भन्दा बढी बिरामीले थेरापी सेवा लिन थालेका छन् ।
नसा, ढाड, खुट्टा र बाथ रोगका बिरामीले थेरापी लिइरहेका छन् । जिल्लामै थेरापी सुरु भएपछि बिरामी अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।