म्यानचेस्टर सिटीद्वारा स्वान्सी सिटी ५–० गोलअन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

काठमाडौं, १० बैशाख । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फराकिलो जित हात पारेको छ । म्यानचेस्टर सिटीले गएराति भएको खेलमा स्वान्सी सिटीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

पाँच खेलअघि नै उपाधि पक्का गरेको म्यानचेस्टर सिटीका लागि डेभिस सिल्भा, रहिम स्टर्लिङ, केभिन डे ब्रुइन, बेर्नान्डो सिल्भा र ग्राभियल जेससले गोल गरेका थिए । जितसँगै म्यानचेस्टर सिटीले ३४ खेलबाट ९० अंक जोडेको छ । गएराति नै भएको अर्को खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडमाथि ४–१ गोल अन्तरको जित दर्ता गरेको छ ।

आर्सनलले ५१ औं मिनेटमा गोलको खाता खोलेकामा वेस्टह्याम युनाइटेडले ६४ औं मिनेटमा बराबरी गोल फर्कायो । आर्सनलले जित निकाल्ने क्रममा अन्तिम ७ मिनेटमा तीन गोल गर्यो । उसका लागि चार मिनेटको अन्तरमा लाकाजेटीले दुई गोल गरे । गएराति भएको अर्को खेलमा स्टोक सिटी र बन्र्लेले १–१ गोलको बराबरी खेलेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);