प्रधानमन्त्री ओलीद्वारा यातायात व्यावसायीलाई भेट्न अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

प्रधानमन्त्री ओलीद्वारा यातायात व्यावसायीलाई भेट्न अस्वीकार

pm kp oli

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्डिकेटलाई निरन्तरता दिन आन्दोलनमा उत्रिएका यातायात व्यावसायीसँग भेट गर्न अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिसँग भेट गर्न अस्वीकार गरेका हुन् ।

महासंघले वैशाख ५ गते प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने घोषणा गरेको थियो । तर प्रधानमन्त्री ओलीले समय दिन नमानेपछि महासंघले आफ्ना माग सहितको ज्ञापनपत्र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ र गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले जिल्ला प्रशासन कार्यालयमा यातायात समितिको दर्ता तथा नविकरण नगर्ने निर्णय सरकारले कुनै हालतमा फिर्ता नलिने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यावसायीहरुसँग आग्रह गरे । मन्त्री महासेठले व्यावसायीहरुका माग सम्बोधनका लागि यातायात व्यवस्थापन कार्यविधि संशोधनका लागि भने आफू सकारात्मक रहेको बताए ।

सरकारले गत चैत १८ गते देशभरका सडकमा रुट इजाजत खोल्ने गरी कार्यविधि संशोधन गरेको थियो । मन्त्री महासेठलाई भेटेपछि गृह मन्त्रालय पुगेका व्यावसायीहरुलाई गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट हटाउने निर्णय कुनै हालतमा पुनर्विचार नहुने भन्दै फर्काइदिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);