मन्त्री अधिकारीले गरे काठमाडौंका सम्पदाको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

मन्त्री अधिकारीले गरे काठमाडौंका सम्पदाको अनुगमन

rabindra

काठमाडौं, ५ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले काठमाडौंका सम्पदाहरुको पुनर्निर्माणको कामको अनुगमन गरेका छन् ।

मन्त्री अधिकारीले बुधबार विश्व सम्पदा बसन्तपुर र स्वयम्भूको पुनर्निर्माणबारे स्थलगत अनुगमन गरेका हुन् । मन्त्री अधिकारीले दसंै अघि नै स्वयम्भूको पुनर्निर्माणको काम सम्पन्न हुने घोषणा गरे ।

सरकारले सय दिन भित्र स्वयम्भूको पुनर्निर्माणको काम सम्पन्न गर्ने कार्ययोजना तय गरेको छ । सोही अनुसार काम भए÷नभएको मन्त्री अधिकारी नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

मन्त्री अधिकारीले स्वयम्भूलाई पर्यटकहरुको रात्रीकालीन गन्तव्यको रुपमा विकास गर्ने घोषणा गरे । पुरातत्व विभागका पदाधिकारीसहित अनुगमनमा निस्केका मन्त्री अधिकारीसमक्ष स्वयम्भू पुनर्निर्माण समितिले बैशाख भित्र धेरैजसो काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

पुरातत्व विभागका महानिर्देशक भोषनारायण दाहालले अहिलेसम्म १ सय वटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण भइसकेको जानकारी दिए । आगामी आर्थिक वर्षमा ५० वटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुले पूर्णता पाउने उनको भनाइ छ ।

भूकम्पले क्षति पुर्याएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा ढिलाई भएको भन्दै आलोचना भइरहेका बेला मन्त्री अधिकारी स्वयं अनुगमनमा निस्कीएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);