नयाँ वर्ष २०७५ साल सुरु, राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

नयाँ वर्ष २०७५ साल सुरु, राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

new year-2075

काठमाडौं, १ बैशाख । नयाँ वर्ष २०७५ साल आजबाट सुरु भएको छ । विक्रम संवत् २०७५ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्षका अवसरमा सबै नेपालीलाई शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति भण्डारीले संविधानले परिकल्पना गरेका स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भएसँगै मुलुक अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।

यस्तै उपराष्ट्रपति पुनले नयाँ वर्ष राजनीतिक स्थायित्व, विकास र समृद्विको यात्राले छलाङ हान्ने वर्ष हुने विश्वास व्यक्त गरे । नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुगुको राराबाट देशबासीका नाममा सम्बोधन गर्दैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);