काठमाडौं, ३० चैत । निर्वाचनमा नराम्रोसँग पराजित भएसँगै नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा यतिबेला चरम निराशा पैदा भएको छ । निर्वाचनमा हारको समिक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पनि स्थगित भएको छ । कांग्रेस नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । सो बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको थियो । कांग्रेसका कतिपय शीर्ष नेताले देउवाले अब पार्टीलाई नेतृत्व दिन नसक्ने बताउँदै आएका छन् । कांग्रेस नेता मिनेन्द्र रिजालले पनि पार्टीको सभापतिबाट देउवालाई विदा गरेर डा. शशांक कोइरालालाई सभापति बनाउनुपर्ने विचार राखेका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो-प्रश्न’मा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् । माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता प्रकाश गिरिले कांग्रेस नेता रिजालसँग गरेको कुराकानीको पूर्ण विवरण हेर्नुहोस् :
कांग्रेसको सभापति डा. शशांक कोइराला हुनुपर्छ : रिजाल (भिडियोसहित)
ताजा समाचार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
१६ घन्टा अघि
पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँले बढ्यो
१७ घन्टा अघि