धनगढी प्रिमियर लिगको उपाधि टिम चौराहलाई | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

धनगढी प्रिमियर लिगको उपाधि टिम चौराहलाई

धनगढी, ३० चैत । धनगढी प्रिमियर लिग डिपिएलको उपाधि टिम चौराहले हात पारेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधि हात पारेको हो ।

 १ सय ८२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि अमित श्रेष्ठले विष्फोटक ब्याटिङ गर्दै ५८ रन बनाए पनि जित दिलाउन सकेनन् ।

त्यस्तै, काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेलले २२ र नरेश बुढाऐरले १९ रन बनाए । बलिङतर्फ ललित भण्डारीले ३ र रोहन मुस्ताफाले २ विकेट लिए ।

यसअघि धनगढीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । धनगढीको लागि सुनिल धमला र रोहन मुस्ताफाले उत्कृष्ट प्रदर्शन गरे । सुनिल धमलाले ७८ रन बनाए । उनले ६३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए । रोहन मुस्ताफाले ६० रन बनाए । उनले ४२ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ६० रन बनाएका थिए ।

बलिङतर्फ काठमाडौंका सुबोध भाटीले २ विकेट लिए । साविक विजेता समेत रहेको धनगढीले २५ लाख नगद पाएको छ । उपविजेता बनेको काठमाडौंले १० लाखमा चित्त बुझाएको छ ।