काठमाडौं, २९ चैत । काठमाडौं महानगरपालिकाले विहीबार कक्षा ८ को अन्तिम परिक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक गरेको छ । काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कक्षा ८ को अन्तिम परिक्षाको नतिजा ग्रेडिङ्गमा सार्वजनिक गरेका हुन् । उनले काठमाडौं महानगरभित्रको शिक्षाको स्तरलाई उन्नत बनाउन सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले शिक्षा विकासको मूल आधार भएकाले यसको स्तर विकास गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । महानगरपालिका भित्र ५ सय ५७ विद्यालयका १८ हजार ७ सय ४१ जना विद्यार्थी कक्षा ८ को अन्तिम परिक्षमा सहभागी भएका थिए ।