बैशाख ९ गते पार्टी एकता हुँदैन : मणि थापा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

बैशाख ९ गते पार्टी एकता हुँदैन : मणि थापा (भिडियो सहित)

mani thapa

काठमाडौं, २७ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बैशाख ९ गते पार्टी एकता गर्ने घोषणा गरिसकेका छन् । एकताको लागि बनेको संयोजन समितीले आफ्नो काम गर्दै छ । अहीले दुइ  वाम पार्टी मिलेर सरकार बनेको छ । सरकारले सचिबहरुको सरुवा गरेको कुरालाई लिएर माओवादी केन्द्रका मन्त्रीपरिषदका सदस्यले आफुहरुलाई थाहै नदिई मन्त्रीपरिषदले यस्तो निर्णय गरेको भनेर असन्तुष्टि प्रकट गरेका छन् । उनीहरुले साच्चिकै असन्तुष्टि व्यक्त गरेका हुन् कि यो सामान्य गुनासो हो ? माओवादी केन्द्र पार्टी एकताको यो संघारमा आइपुग्दा के सोचिरहेको छ र के गर्दै छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले  नेकपा माओवादी केन्द्रका नेतामणि थापासँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);