दोस्रो सहकारी राष्ट्रिय महासम्मेलन चैत २१-२२ मा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दोस्रो सहकारी राष्ट्रिय महासम्मेलन चैत २१-२२ मा

यहि चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन हुने भएको छ । सहकारी अभियानको हालसम्मको उपलब्धीहरुको सिंहावलोकन गर्दै आगामी कार्यदिशा निर्दिष्ट गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिईयो ।

sahakari sammalen

काठमाडौ, २१ चैत । यहि चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन हुने भएको छ । सहकारी अभियानको हालसम्मको उपलब्धीहरुको सिंहावलोकन गर्दै आगामी कार्यदिशा निर्दिष्ट गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिईयो ।

दिगो विकास लक्ष्य प्राप्ति तथा मुलुकको औद्योगिकिकरणमा सहकारीको योगदानका विषयमा विशेष छलफलका साथै सहकारीमा जरजर अबस्थामा रहेको समस्याको पहिचान गरि निराकारण गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । आयोजक संस्था राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नेपालमा गरिबी हटाउनका लागि सहकारी संस्थाले महत्वपूर्ण योगदान दिएको बताए ।

अब सबै स्थानीय तहमा सहकारी संस्थाको खाँचो रहेको उनको भनाई छ । कार्यक्रममा सहकारी मार्फत मुलुकमा हालसम्म करिब ३४ हजार ५ सय १२ सहकारी मार्फत ६३ लाख ५ हजार ५ सय एकासी जना नागारिक प्रत्यक्ष लाभान्वित बनेको जानकारी दिइएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेडकोे आयोजनामा हुन लागेको सम्मेलनमा नेपाल, भारत, चिन, जापान लगायतका ६ वटा राष्ट्रका सहकारी अगुवाहरुको सहभागिता रहने जानकारी दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);