खुमबहादुर खड्का प्रति शोक प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

खुमबहादुर खड्का प्रति शोक प्रस्ताव पारित

काठमाडौं, १९ चैत । प्रतिनिधिसभाले पुर्व सदस्य तथा नेपलाी कांग्रेसका नेता खुमबहादुर खड्का प्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले खड्काकोे निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

खड्का २०४८, २०५१, २०५६ सालमा दाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनको क्रममा लामो समय प्रवास र जेल जीवन काटेका खड्काले भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू संरक्षण, आपूर्ति एवम् जलश्रोत मन्त्रालयको कार्यभार सम्हालि सकेका थिए ।

६६ बर्षको उमेरमा भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा चैत १६ गते निधन भएका खड्काको आईतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।

उनको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ । त्यसैगरी सोमबार बसेको राष्ट्रियसभा बैठकले पनि खड्काको निधनमा शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);