अमेरिकी नागरिकद्धारा आत्महत्याः प्रहरीलाई धकेल्दै छैटौं तलाबाट हाम्फाले | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

अमेरिकी नागरिकद्धारा आत्महत्याः प्रहरीलाई धकेल्दै छैटौं तलाबाट हाम्फाले

death body

काठमाडौं, १९ चैत । वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।

ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकी नागरिकले आइतबार आत्महत्या गरेका हुन् । भिसा अवधि गुजारेर नेपालमै बसिरहेका उनलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेर थुनामा राखेको थियो ।

थुनामा रहँदा बिरामी परेपछि उनलाई केही दिनअघि ट्रमा सेन्टर पुर्याइएको थियो । कान्तिपुरमा छापिएको समाचार अनुसार, आइतबार आफ्नो सुरक्षामा खटिएका तीन प्रहरीलाई धकेल्दै छैटौं तलामा पुगेर उनी हाम्फालेका थिए । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);