बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई हुँदैन : उर्जामन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०८१, आइतबार

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई हुँदैन : उर्जामन्त्री

काठमाडौं, १६ चैत । उर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । आयोजना सरोकार समितिका पदाधिकारीहरुसँग शुक्रबार भएको भेटमा उनले आयोजना प्रभावितहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन दिए ।

मन्त्री पुनले आयोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने विषयमा विस्तृत छलफल भएपछि आयोजना निर्माणको काम अघि बढ्ने र जग्गाको मुआब्जा लगायतका समस्या समाधान हुनेमा शंका नगर्न पनि सरोकार समितिका पदाधिकारीलाई आग्रह गरे ।

उनले बुढिगण्डकी लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणका लागि सरकारले समयसीमा नै निर्धारण गरेर अघि बढाउने तयारी गरिरहेको जानकारी दिए ।

सरोकार समितिका पदाधिकारीहरुले भने आयोजना निर्माणमा ढिलाई नगर्न मन्त्री पुनसँग आग्रह गरेका थिए । उनीहरुले जग्गाको मुआब्जा वितरण र प्रभावितहरुलाई उचित क्षेतिपूर्ति दिन पनि सरकारसँग माग गरेका थिए ।

आयोजना निर्माणका लागि दवाव दिने उद्देश्यले प्रभावित क्षेत्र धादिङ र गोरखाका ३ वटा सरोकार समितिले शुक्रबार उर्जामन्त्री पुनलाई भेटेर आयोजना निर्माणमा ढिलाई नगर्न आग्रह गरेको हो ।

आयोजना राष्ट्रिय सरोकार समितिका अध्यक्ष हरेराम ढकालले आयोजना प्रभावित क्षेत्रका जनतालाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई दवाव दिनु परेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);