जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य जटिल बन्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य जटिल बन्दै

काठमाडौं, १५ चैत । अनुसन्धानकर्ताहरुले नेपालमा जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य जटिल बन्दै गएको चेतावनी दिएका छन् ।

जलवायु परिवर्तनकै कारण एक वर्ष अघि जाजरकोट लगायतका जिल्लाहरुमा झाडा पखालाको महामारी फैलिएको पनि विभिन्न अध्ययन, अनुसन्धानले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले जलवायु परिवर्तनकै कारण जाजरकोटमा एक वर्ष अघि झाडा पखालाको महामारी फैलिएको बताए ।

बिहीबारबाट ललितपुरमा सुरु भएको जलवायु परिवर्तन तथा स्वास्थ्य सम्मेलनमा बोल्दै उनले जलवायु परिवर्तनकै कारण हिमाली भेगमा पनि मलेरिया जस्ता लामखुट्टेबाट सर्ने रोगहरु समेत भेटिएको बताए ।

वरिष्ठ अनुसन्धान अधिकृत धिमालले जलवायु परिवर्तनबाट मानव स्वास्थ्यमा हुने जोखिम न्यूनिकरणका लागि सरकारले राष्ट्रिय अनुकूलन कार्यक्रम नै तय गरेको उनको भनाई छ ।

सरकारले जलवायु परिवर्तनबाट स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);