पाल्पाको बगनासकाली गाउँपालिकाकाे बजार अनुगमन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाल्पाको बगनासकाली गाउँपालिकाकाे बजार अनुगमन सुरु

पाल्पा, १२ चैत । पाल्पाको बगनासकाली गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ । व्यवसायीले मापदण्ड विपरित व्यवसाय संचालन गरेको गुनासो आएपछि गाउँपालिकाले अनुगमन सुरु गरेहको हो ।

अनुगमनको क्रममा मासु, दुध, दही, आइसक्रिम एउटै फ्रिजमा राखेर बिक्री गर्ने गरिएको भेटिएको छ । त्यस्तै व्यवसायीले तराजु ठिक नभएको, पसल दर्ता नगरी संचालन गरेको, मुल्य सुची नराखिएको भेटिएको छ ।

गाउँपालिकाले पहिलो चरणमा व्यवसायीले सचेत गराएको छ । गाउँपालिकाले अनुगमनलाई यसैगरी निरन्तरता दिने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);