नुवाकोट, १० चैत । नुवाकोटका भूकम्पपीडितहरु एकीकृत वस्ती निर्माणमा अग्रसर भएका छन् । २०७२ सालको भूकम्पले विस्थापित भएका तादी गाउँपालिका वडा नम्बर १ काल्चेका पीडितहरु एकीकृत बस्ती निर्माणमा लागेका हुन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको २ लाख रुपैयाँले बुदुनेमा घडेरी किनेका २२ परिवारले एकीकृत बस्ती निर्माण शुरु गरेका छन् ।
उनीहरुलाई अक्सफामको साझेदारीमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपालले प्राविधिक एवं आर्थिक सहयोग गरेको छ ।
आवास निर्माणसम्बन्धी तालीम लिएका प्रभावित महिलापुरुष सँगसँगै आवास निर्माणमा जुटेका छन् । एउटा घर निर्माण सम्पन्न हुँदा साढे ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । वस्ती आगामी मार्च २० गतेसम्ममा तयार हुने बताइएको छ ।