पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न सुरु

samanaya prasasan

काठमाडौं, ८ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ ।

पुराना मन्त्रालयबाट पुनर्गठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार गर्न संगठन तथा व्यवस्थापन समिति गठन गरिएको छ । मन्त्रालयका सह–सचिव शिवराम न्यौपानेका अनुसार सचिव शंकरप्रसाद कोइरालाको अध्यक्षतामा गठित उक्त समितिले नयाँ संरचनाको खाका बनाउन सुरु गरिसकेको छ ।

समितिले मन्त्रालयमा चाहिने विभाग, महाशाखा, शाखाको स्वरुप तयार पार्ने छ । यस्तै ती मन्त्रालयका लागि आवश्यक कर्मचारीबारे पनि समितिले सुझाव दिने न्यौपानेले बताए । समितिलाई मन्त्रालयको पुनर्गठन गर्नका लागि ६ महिनाको समय दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);