धनुषा, ४ चैत । राष्ट्रिय पुरुष हक्की प्रतियोगिता जनकपुरमा हुने भएको छ । धनुषा जिल्ला हक्की संघको आयोजनामा मंलबारदेखि प्रतियोगिता हुन लागेको हो ।
धनुषा हक्की संघका अध्यक्ष अजय सिंहले प्रतियोगितामा पुरुषतर्फ पाँच विकास क्षेत्रका ५ टिम र नेपाली सेनाको टिम गरि ६ वटा टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले ५० हजार र दोस्रो हुनेले २५ हजार पुरस्कार पाउने छन् ।
प्रतियोगितामा महिला टोलिले पनि सहभागिता जनाउने छन् । प्रतियोगितामा महिलातर्फ सान्त्वना पुरस्कार १० हजार दिइने छ । प्रतियोगिता १० गतेसम्म चल्ने छ ।