माओवादी अध्यक्ष प्रचण्डले अस्पताल पुगेर बाबुरामलाई भेटे | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

माओवादी अध्यक्ष प्रचण्डले अस्पताल पुगेर बाबुरामलाई भेटे

 २४ साउन, भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई अस्पताल पुगेर भेटेका छन् ।

भक्तपुरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा नेता भट्टराईले गत शुक्रबार प्रोष्टेटको शल्यक्रिया गरेका थिए । उनी अझै डिस्चार्ज भएका छैनन् । उनको स्वास्थ्य अवस्था बुझ्न आज प्रचण्ड अस्पताल पुगेका हुन् ।

अध्यक्ष प्रचण्डले डा. भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यस अघि डा. भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार सभामुख ओनसरी घर्ती पनि अस्पताल पुगेकि थिइन् । भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);