बिहे गर्न नमानेपछि औंलाले आँखा घोचेर तातो घिउ खन्याइदिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बिहे गर्न नमानेपछि औंलाले आँखा घोचेर तातो घिउ खन्याइदिए

kutpit

कञ्चनपुर, १ चैत । आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् ।  भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी २३ बर्षकी सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन् ।

उनले सुनिताको आँखा औंलाले घोचिदिनुका साथै शरिरमा तातो घिउ खन्याइदिएका छन् । तातो घिउले शरिरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ । समाचारमा लेखिएको छ, महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतीलाई धनगढीको गेटा आँखा अस्पतिाल रिफर गरिएको छ ।

सुनिताले घटनाबारे भनिन्,

बुधबार बिहान म आँगनमा थिएँ ।

अचानक राकेश आयो ।

अस्ति कोसँग घुम्दै थिइस् भन्दै कुट्दै भित्र लग्यो ।

त्यसपछि सुरुमै औंलाले आँखा घोचिदियो ।

म केही नदेख्ने भएँ ।

आमा छेक्न आउँदा आमालाई पनि कुटपिट गर्यो ।

सुनिताका अनुसार राकेशले ३ महिनाअघि पनि बिवाह गर्न दबाब दिँदै कुटपिट गरेका थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालयमा परिवारसहित बसेर मिलापत्र गरिएको उनले सुनाइन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);