काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अवतरण गर्ने क्रममा युएस बंगाल विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु रहेको बताइएको छ । उद्धार गरिएका यात्रुहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुस्टी गरिएको छ । दुर्घटना स्थलमा ३१ जनाको शब संकलन गरिएको छ । केएमसी अस्पतालमा ८ जना र त्रीबी शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुस्टि गरिएको छ ।