साउन २३ , काठमाण्डौँ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले तोकेको स्थानमा नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले अन्तरिम व्यवस्था गरेर भएपनि सरकारले स्थानीय तहमा कर्मचारी पठाउने तयारी गरेको भन्दै तोकिएको स्थानमा नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिनुभयो । उहाँले दुर्गम क्षेत्रमा जाने कर्मचारीको सेवा सुविधा बढाउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री बस्नेतले जतिसक्दो छिटो स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कर्मचारी व्यवस्थापनका लागि संघीय पुनर्संरचना प्रशासनिक आयोगसँग आवश्यक परामर्श भईरहेको उहाँको भनाइ थियो ।
उहाँले कर्मचारी प्रशासन भित्र राजनीति हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।