बुधबार सेयर बजार १८.६९ अंकले बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुधबार सेयर बजार १८.६९ अंकले बृद्धि

काठमाडौं, २३ फागुन । आज सेयर बजार १८ दशमलव ६९ अंकले बढेर १ हजार ३ सय १५ अंकमा पुगेको छ । उत्पादनमूलक समूह २ दशमलव ३९ अंकले घटेपनि बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह बढेका छन् ।

कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । दिनभरिमा १ सय ५८ वटा कम्पनीको १० लाख ४७ हजार चार सय ९४ कित्ता सेयर खरिदविक्री हुँदा ४२ करोड ६८ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । हिजो झन्डै ४८ करोडको सेयर कारोबार भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);