मिथिला क्षेत्र र तराईका जिल्लामा रक्षाबन्धन पर्व उल्लासमय वातावरणमा मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउन २३ , काठमाण्डौँ । मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन पर्व उल्लासमय वातावरणमा मनाइँदै छ ।

खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङ्गका आधारमा सम्पूर्ण धार्मिक कार्य र विवाहसमेत गर्दै आएका छन् । पण्डित चन्द्रमोहन झाले पञ्चाङ्गका आधारमा बिहान ११ बजेदेखि मध्याह्न २ बजेसम्मको शुभसाइतमा रक्षाबन्धनका साथै ब्राह्मणबाट रक्षासूत्र बाँध्न सुझाव दिनुभएको छ । यस पर्वका अवसरमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँध्ने गर्छन् । दाजुभाइले दिदीबहिनीलाई आफ्नो क्षमतानुसार उपहार दिने चलन छ ।

पर्वका अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक विदा दिएको छ ।

 

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);