कञ्चनपुर, १२ फागुन । कञ्चनपुरमा पनि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु गरिएको छ । प्रदेश नम्बर ७ का समाजिक विकासमन्त्री दीर्घ सोडारीले महाकाली अञ्चल अस्पतालमा स्थानीय सुरेन्द्र केसीलाई औषधी खुवाएर अभियानको सुरु गरेका हुन् ।
कञ्चनपुरमा २ हजार १ सय केन्द्र मार्फत औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत हेमराज जोशीले जानकारी दिए । कञ्चनपुरमा ४ लाख ३५ हजारलाई औषधी खुवाईने छ । यसैबीच मन्त्री सोडारीले महाकाली अञ्चल अस्पतालको अनुगमन पनि गरेका छन् ।
मन्त्री सोडारीले अस्पातलको सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाए । महाकाली अञ्चल अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा अत्याधुनिक सघन उपचार कक्ष संचालन भएको छैन ।