पशुपालनबाट मासिक ६० हजार आम्दानी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

पशुपालनबाट मासिक ६० हजार आम्दानी

दैनिक २ हजारको हाराहारीमा रोजगारका लागि युवा विदेश पलायन भइ रहेका छन् । तर बाराको जीतिपुर सिमरा उपमहानगरपालिका १६ का लक्ष्मण केसीले पशुपालनबाट मासिक ६० हजार आम्दानी गर्न सफल भएका छन् ।

cow bafello

श्याम गुप्ता
बारा,१० फागुन । दैनिक २ हजारको हाराहारीमा रोजगारका लागि युवा विदेश पलायन भइ रहेका छन् । तर बाराको जीतिपुर सिमरा उपमहानगरपालिका १६ का लक्ष्मण केसीले पशुपालनबाट मासिक ६० हजार आम्दानी गर्न सफल भएका छन् ।

बाराको जीतिपुरसिमरा उपमहानगरपालिका १६ का लक्ष्मण केसी सात बर्षको विदेश बसाई सम्झन पनि चाहन्नन् । विदेशमा दुख पाएर स्वदेश फर्किएका केसीले पशुपालन पेसा सुरु गरेका हुन् । मासिक ६० हजार आम्दानी गर्न सफल भएका केसी मेहनत गरे विदेशमा भन्दा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने बताउछन् । कुखुरा पालन समेत गरेका केसी पटक पटक असफल भएपछि निरास भएका थिए । तर कुशल व्यवसायी परामर्श केन्दबाट तालिम लिएर पशुपालन सुरु गरेपछि सफल भएका हुन् ।

२२ वटा गाइ र भैंसी पालेका केसी बिहानै दुध बोकेर डेरी पुग्छन् । उनले दुध बेचेरै आफ्नो परिवार चलाएका छन् । कुनै समय परिवार चलाउन कठिन भएको भन्दै निरास भएका केसीको मुहारमा आझभोली खुसी छाएको छ । उनको सफलतामा घरपरिवारले पनि साथ दिएका छन् ।

पुशुपालनबाट मासिक ६० हजार आम्दानी गर्न थालेपछि केसी सफल युवाको रुपमा बारामा चिनिन थालेका छन् । युवालाई सिप सिकाउने हो भने स्वदेशमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण केसीले दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);