काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । पाँच तले दुई घरमा भएको आगलागीमा परी ६५ बर्षिय जीवनकाजी श्रेष्ठको मृत्यु भएको हो ।
श्रेष्ठ प्यारालाइसिसका विरामी थिए । आगलागीमा परी श्रेष्ठका छोरा प्रविण घाइते भएका छन् । पितालाई आगलागीबाट बचाउन खोज्दा प्रविण घाइते भएका हुन् । श्रेष्ठको परिवार अमृतलाल रञ्जितको पूरै घर भाडामा लिएर वस्दै आएको थियो । आगलागीमा परी रञ्जित र नारायण महर्जनको घर जलेर नष्ट भएको छ ।
विहान ४ बजेको समयमा भएको आगलागी सुरक्षाकर्मी र वारुण यन्त्रणको टोलीले करिब चार घण्टापछि नियन्त्रणमा लिएको थियो ।