वडा अध्यक्षका ५ बर्षे छोराको अपहरण | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

वडा अध्यक्षका ५ बर्षे छोराको अपहरण

कपिलवस्तु , ४ फागुन । कपिलवस्तु मायादेबी गाउँपालिका– ४ का वडा अध्यक्ष फत्ते माहोम्मद मुसलमानका ५ बर्षे छोरा माहोम्मद एमान अपरण परेका छन् ।

बिहिबार बुलाहीहवा स्थित मदार्सामा पढ्न जानेक्रममा अज्ञात समुहले माहोम्मदलाई अपरण गरेको परिवारको दाबी छ । वडा अध्यक्ष मुसलमानले कक्षा १ मा पढ्ने छोरालाई रातो र कालो रंगको पल्सर मोटरसाईलमा आएका २ जनाले अपहरण गरेको बताए ।

अपरहणको घटना लगत्तै प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । कपिलबस्तुका प्रहरी उपरीक्षक भोजजजंग शाहले परिवारको तर्फबाट मौखिक जानकारी मात्र गराईएकाले घटना अपहरण या बालक हराएको अझै स्पष्ट नभएको बताए । मायादेबी गाउँपालिकाले बालकको सकुशल उद्दार गर्न माग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);