हिमपातका कारण आइफल टावर बन्द रहने | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

हिमपातका कारण आइफल टावर बन्द रहने

एजेन्सी, २७ माघ । भीषण हिमपातका कारण प्यारिसस्थित प्रसिद्ध आइफल टावर आइतवारसम्म बन्द रहने भएको छ। आइफल टावरमा बर्सेनि ६० लाख पर्यटकहरू पुग्ने गर्छन्।

प्यारिसको द्योतकका रूपमा रहेको आइफल टावर गत मंगलवारदेखि हिमपातका कारण बन्द रहेको छ। चिप्लिन सक्ने जोखिम रहेको भन्दै अहिले आइफल टावर चढ्नु पर्यटकहरूका लागि खतरनाक भएको अधिकारीहरूले बताएका छन्।

प्यारिस सीटी हलका अनुसार ‘सन् १९८७ यताकै अभूतपूर्व’ स्तरमा हिमपात भएको छ। उसले २४ घण्टाभित्र १२ सेन्टिमिटरसम्म हिमपात भएको जनाएको छ। भारी हिमपातले उत्तरी फ्रान्समा यो हप्ता ठूलो अवरोध सिर्जना गरेको छ। आइफल टावरका प्लेटफर्म र भर्‍याङ्गहरू हिउँले भरिएका छन्, जसका कारण पर्यटकहरूलाई आउजाउ गर्न कठिनाइ भएको छ।

आइफल टावर निर्माणमा प्रयोग गरिएका फलाममा क्षति पुग्न सक्ने र ‘लिफ्ट’को घिर्नीको कापमा फोहर बस्न सक्ने भएकोले उक्त टावरमा हिउँ पगाल्ने सामान्य तरिका अपनाउन नसकिने अधिकारीहरूले बताएका छन्। ठूलो हिमपातका कारण अधिकारीहरूले सामान बोकेका गह्रुँगा सवारीसाधन गुडाउन रोक लगाएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);