कठमाडौं । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध ५९ रनको लक्ष्य पाएको छ ।
२५ ओभर ५ बलमा ५८ रन बनाउँदा मलेसिया अल आएट भयो । टस जितेर फिल्डिङ रोजेको नेपाली बलिङ निकै उत्कृष्ट रह्यो ।
नेपालका सन्दिप लामिछानेले ५, पवन सर्राफले ३, किशोर महतो र सन्दिप सुनारले एक एक विकेट लिए । सन्दिप लामिछानेले पहिलो खेलमा सिंगापुरको ५ विकेट लिएका थिए ।
मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका किशोर महतोले पहिलो ओभरमा विकेट लिएका हुन् ।
उनले मोहम्मद आमिरलाई शून्यमै आउट गरे । दोस्रो विकेट सन्दीप लामिछानेले लिए । उनले सैफुल्लाह मल्लिकलाई ३० बलमा ८ रन बनाउँदा आउट गरे ।
पवन सर्राफले २ बलमा १ रन बनाएका सायद अजिज र नइम नाज्लेलाई शून्यमा आउट गरे ।
सन्दीप लामिछानेले ४२ बलमा ९ रन बनाएका विरनदीप सिंहलाई आउट गरे । पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो ।