कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने,परीक्षामा निजामती कर्मचारी खटाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने,परीक्षामा निजामती कर्मचारी खटाउने

बैशाख ०९ मंगलबार ।
राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने र सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो ।

ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीलाई आग्रह गरिएको छ ।यसअघि शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा अन्योल थियो ।बोर्ड बैठकले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको तयारी गर्न अनुरोध पनि गरेको छ ।

Leave a Reply