के हो योग, कसरी गर्ने ? यस्तो छ योगको इतिहास | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

के हो योग, कसरी गर्ने ? यस्तो छ योगको इतिहास

योगलाई शान्ति र स्वास्थ्यको माध्यमका रुपमा लिन थालिएको छ । अहिले विस्तारै योगाभ्यासको चलन बढिरहेको छ भने योगका माध्यमबाट मन शान्ति र शरीर स्वास्थ्य हुने भएकाले युवादेखि प्रोढसम्मकाले अहिले योगाभ्यासलाई प्राथमिकता दिन थालेका छन्। संयुक्त राष्ट्र संघले जुन २१ लाई विश्व योग दिवसको मान्यता दिएकाले यसको महत्व झनै बढेको छ ।

के हो योग

प्रतिक्षा शर्मा, काठमाडौं । योगलाई शान्ति र स्वास्थ्यको माध्यमका रुपमा लिन थालिएको छ । अहिले विस्तारै योगाभ्यासको चलन बढिरहेको छ भने योगका माध्यमबाट मन शान्ति र शरीर स्वास्थ्य हुने भएकाले युवादेखि प्रोढसम्मकाले अहिले योगाभ्यासलाई प्राथमिकता दिन थालेका छन्। संयुक्त राष्ट्र संघले जुन २१ लाई विश्व योग दिवसको मान्यता दिएकाले यसको महत्व झनै बढेको छ ।

संयाुक्त राष्ट्र संघले हरेक वर्षको जुन २१ तारिखका दिनलाई विश्व योग दिवसको मान्यता दिएसँगै योगले विश्वव्यापी मान्यता पाएको छ ।

सन् २०१४ वाट योग दिवस विश्वभर मनाउन शुरु गरिएको हो । योगलाई विश्वकै पुरानो चिकित्सा प्रणालीका रुपमा लिइन्छ । योगलाई शताब्दी बिकासको लक्ष्यका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव छैन । पछिल्लो समय काठमाडौंलगायत मोफसलका शहरमा समेत योग गर्नेहरुको संख्या बढिरहेको छ । बृद्धबृद्धा मात्रै होइन, तन्नेरी पुस्ताले समेत योगलाई स्वस्थ जीवनको आधारको रुपमा बुझ्न थालेका छन् ।

योग एक विशेष क्रिया हो, यो गक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ ।

योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् । हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरुवात गर्नुभएको योगमा १९५ वटा योगसूत्र समाहित छन् ।

आधूनिक चिकित्सा पद्दतीले रोग लागीसकेपछिको उपचार अनि शारीरिक पक्षहरुलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण,चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक बिकेन्द्रिकरणमा महत्व दिन्छ । आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितीको मुल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिकालागि पनि योग सरल र सहज उपाय हो ।

योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन अनि यथार्त् मानिएको छ । योगको महत्व आजको घम्साघम्सि पुर्ण व्यस्त अनि विलासी जीवनमा अझै महत्वपुण देखिएको छ । शरीर, सौन्दर्य र ऐश्वर्य समयसंगै सकिन थाल्छ तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरंगहरु सदासर्वदा रहनेछन् । योगको अवलम्बवन गर्नाले दैनिक जीवन र स्वास्थमा समेत हामी सफल र निरोगी हुने पक्का छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);