राजनीति

पुस २१ गतेदेखि माओवादी केन्द्रीय समिति बैठक

२०८१,८,२८
नेकपा ९माओवादी केन्द्र०को स्थायी समितिको बैठकले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत पाएको निष्कर्ष निकालेको छ।शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जनताले एकचोटि फेरि माओवादी केन्द्रलाई साथ दिने मनशाय बनाएको सन्देश उपनिर्वाचनले दिएको निष्कर्ष निकालेको हो। स्थायी समिति बैठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद्का दुई ठूला दल काँग्रेस र एमाले मिलेर जाने सोचलाई उपनिर्वाचनले खण्डित पारेको बताए।

वर्तमान सरकार ट्रंकलाइनको महसुल उठाउन विद्युत् प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने, विश्वविद्यालयका नियुक्तिमा दबाव दिनेदेखि हरेक निकायमा हस्तक्षेप तीव्र बढेको भन्दै पार्टीले आपत्ति जनाएको सापकोटाले बताए।

उनका अनुसार पुस २१ गतेदेखि पार्टीले केन्द्रीय समिति समेत बोलाएको छ। त्यसअगाडि पुस १७, १८, १९ र २० गते स्थायी समिति बैठक बस्ने उनले बताए।

सापकोटाले भने, ‘उपनिर्वाचनको परिणामले उत्साहको वातावरण सिर्जना गरेको छ। हामीले पार्टीको केन्द्रीय समितिको बैठक पुस २ गते बस्ने भनेका थियौं। अहिले पालिका सम्मेलन चलिरहेको हुनाले मंसिर मसान्तभित्रमा सक्ने भने पनि केही कारणले सम्पन्न हुनसक्ने स्थिति नबनेका कारणले अन्तिम तयारीका लागि स्थायी कमिटीको बैठक मंसिर १७, १८,१९ र २० गते बस्ने र केन्द्रीय समितिको बैठक २१ गते बस्ने निर्णय भएको छ।’

बैठकले पार्टीका तर्फबाट भएका कमी कमजोरीको समीक्षा गर्ने र जनताको हितमा समर्पित हुँदै जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने निर्णय गरेको सापकोटाले बताए।

 

Related Post
Share

This website uses cookies.